Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेश सभा बैठक आज ११ बजे बस्दै

काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । आइतबार साँझ बस्ने भनिएको बैठक स्थगित भएर आज बिहान ११ बजे बस्न लागेको हो ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रतिपक्षी दलको विरोधका कारण बैठक बस्न सकिरहेको छैन ।

बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा आइतबार बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि बैठक स्थगित भएको थियो ।

आज सहमति जुट्ने अनुमान गरिएको छ । बैठकमा आर्थिक वर्ष २०८०/०८१ का लागि बजेटमाथि छलफल हुने यस अघिको कार्यसूची रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077