Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कक्षा ११ को छात्रवृत्तिका लागि आफैँ परीक्षा लिँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयले उपलब्ध गराउने कक्षा ११ को छात्रवृत्तिका लागि आफैँ परीक्षा सञ्चालन गर्ने भएको छ ।

काठमाडौं महानगरका मेयर बालेन शाहले महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भएबमोजिम छात्रवृत्तिका लागि परीक्षामार्फत विद्यार्थी छनोट गर्न लागिएको जानकारी दिएका हुन् ।

उनले शैक्षिक सत्र २०८०/०८१ देखि महानगरले आफैँ परी सञ्चालन गरेर सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाती, आदिवासी, गरिबसहितलाई छनोटका आधार छात्रवृत्ति उपलब्ध गराइने बताए । विद्यार्थीहरूले योग्यताक्रमका आधारमा छात्रवृत्ति पाउने छन् ।

‘छात्रवृत्तिका लागि परीक्षा सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिब लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ’, मेयर बालेनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077