Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेससँग कुनै हिमचिम छैन, भेट्दा 'हाइहेलो' मात्रै हुन्छ : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ कांग्रेसका शीर्ष नेताहरू एमालेसँग छलफल गर्न डराइरहेको बताएका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै ओलीले यस्तो बताएका हुन् । सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुराकानी नभएको बताउँदै उनले कांग्रेसका शीर्ष नेताहरू एमालेसँग छलफल गर्न डराइरहेको बताए ।

कांग्रेस र एमाले मिलेर सरकार गठन गर्ने चर्चा चलिरहेको छ नि रु भन्ने प्रश्नमा कांग्रेसका नेताहरू कुरा गर्नै डराइरहेको ओलीको जवाफ थियो । 'कांग्रेससँग कुनै हिमचिम छैन । फोनमा पनि कुरा भएको छैन । भेट्दा हाइहेलो मात्रै भइरहेको हो । उहाँहरू खासमा कुरा गर्न पनि डराइरहनु भएको छ,' उनले भने ।

कांग्रेसका नेताहरू अनौपचारिक कुरा गर्न पनि डराउने गरेको ओलीले सुनाए । यस्तै उनले कोशी प्रदेशको नामकरणबाट पार्टी पछि नहट्ने स्पष्ट पारेका छन् । प्रदेशको नामकरणबाट अन्य दलपछि हटे पनि एमाले पछि नहट्ने उनको अडान छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077