Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • विपक्षी दलको अवरोधपछि बागमती प्रदेशसभा बैठक पुनः स्थगित

    विपक्षी दलको अवरोधपछि बागमती प्रदेशसभा बैठक पुनः स्थगित

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 915
    SHARES

    मकवानपुर । बागमती प्रदेशसभाका विपक्षी दलहरूको अवरोधपछि प्रदेशसभा बैठक स्थगित गरिएको छ ।

    गत असार १२ बाट सुरु भएको बैठकमा अवरोध गर्दै आएका प्रमुख प्रतिपक्ष दल एमाले सहित राप्रपा तथा नेपाल मजदुर किसान पार्टी विरोध गर्दै संसदमा आजपनि अवरोध गरेका छन् ।



    आज बैठकको सुरुमा नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले धारणा राखेपछि विपक्षको नाराबाजीसँगै बैठक स्थगित भएको हो ।



    प्रदेशसभामा आफ्नो धारणा राख्दै गोसाईले बजेट पक्षपाती भएको भएको भन्दै आफुहरुको पार्टीले यो जनविरोधी बजेटको बिरोध गरेको बताए । बैठकमा नाराबाजी चर्किएपछि सभामुख भुवनकुमार पाठकले बैठक बेलुकी साँढे ५ बजेसम्मको लागि स्थगित गरेका हुन् ।

    गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट माथिको छलफल अझै सुरु हुन सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार