Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाँच दिनदेखि बस्न नसेकेको बागमती प्रदेश सभाको बैठक दिउँसो २ बजे बस्दै

काठमाडौं । बागमती प्रदेशसभाको बैठक बस्दैछ । बैठक दिउँसो २ प्रदेश सभा भवन, हेटौडामा बस्नेगरि बोलाइएको हो ।

गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट माथिको छलफल अझै सुरु हुन सकेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न गरिरहेको बागमती सरकारले जनाएको छ।

बजेटमा विभेद गरिएको, मुख्यमन्त्री र मन्त्रीहरूको जिल्लामा बजेट केन्द्रित गरेको लगायतका विषयमा प्रश्न उठाउँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र विपक्षी दल राप्रपाले १२ गतेदेखिको बैठकमा निरन्तर अवरोध गर्दै आएका छन् ।

सो बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा पनि विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि बैठक ३ दिनका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077