Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फिर्ता

काठमाडौं । काठमाडौंबाट यात्रु लिएर धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएको छ ।

श्री २२५ उडान नम्बरको जहाज शनिबार अपरान्ह ३:३३ मा काठमाडौं विमानस्थलबाट उडेको थियो । हाइड्रोलिक फेल भए पछि जहाज काठमाडौं फिर्ता भएको हो ।

श्री एयरलाइन्स जहाज अवतरणपछि काठमाडौं विमानस्थलको ट्याक्सी वेमा अड्किएको थियो ।

त्यसलाई तानेर पार्किङ वेमा लगिएको छ । धावनमार्ग भने खाली भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077