Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

शनिबार बिहान ११ बजेर ३५ मिनेटदेखि पुनः पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज बिहान सवा ३ बजे सोही स्थानमा पहिरो खसेर बन्द भएको सडक सञ्चालन भएको केहीबेरमा पुनः पहिरो खसेर अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077