विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म वर्तमान प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोकेका छन् ।
प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम उक्त जिम्मेवारी तोकेका हुन्।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा शुक्रबार जारी विज्ञप्तिमा तत्कालका लागि वर्तमान मन्त्रिपरिषद्लाई जिम्मेवारी तोकिएको उल्लेख छ।