Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुर्खेतमा फोर्स गाडी दुर्घटना : एक जनाको मृत्यु, १४ घाइते

सुर्खेत । सुर्खेतमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । वीरेन्द्रनगरबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७५० नम्बरको फोर्स गाडी भेरी पुल नजिकै दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका-२२ बस्ने ५० वर्षीय फहित अन्सारी रहेका छन् । गम्भीर घाइते अन्सारीको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ ।

घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । गाडी तीव्रगतिका कारण अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

फोर्सले सडकमा राखिएको किलोमिटर संकेत दिने पिल्लर नै भत्काएर २० मिटर पर पुगेर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077