Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुख्यमन्त्री कार्कीलाई उद्वव थापाको सुझाव - विश्वासको मत पाउनुहुन्न, राजीनामा दिनुस्

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै नेता थापाले यस्तो आग्रह गरेका हुन् ।

नेता थापाले विश्वासको मत पाउँछु भन्नेमा ढुक्क भएको र त्यस्तो वातावरण बनाएको भए मात्र विश्वासको मत लिन आग्रह गरे ।

नेता थापाले भने,‘विश्वासको मत पाउछु भन्ने विश्वास छ र त्यस्तो वातावरण बनाउनुभएको छ भने विश्वासको मतमा जाऔं । त्यो अवस्था छैन भने राजीनामा दिएर भोलि बन्ने सरकारका लागि मार्ग प्रशस्त गर्दा तपाईका लागि राम्रो हुन्छ ।'

उनले प्रदेशको ढोका बन्द गरेर भागेको सरकारले अत्याधेशबाट बजेट ल्याउने सरकारलाई विश्वासको मत दिनु पर्ने अवस्था पनि नरहेको बताए ।

नेता थापाले एमाले नेतृत्वको प्रदेश सरकारले काम गर्न नसकेको बताए । प्रतिपक्षले सहयोग गर्दागर्दै सरकार भागेको बताउँदै उनले परिस्थिति अर्को ढंगबाट अघि बढेको बताउँदै विश्वास तोड्ने काम मुख्यमन्त्रीबाट नै भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077