विराटनगर । जनता समाजवादी पार्टीले कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने भएको छ।
पार्टीका कोसी प्रदेश अध्यक्ष दिपक याख्याको अध्यक्षतामा बसेको प्रदेश कमिटीको बैठकले मत नदिने निर्णय गरी सोहीअनुरुप आफ्नो सांसद निर्मला लिम्बूलाई निर्देशन दिएको हो ।
जेठ १७ गते जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले आजको प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कायसूची छ ।
कार्कीले विश्वासको मत माग्दै कोशी प्रदेशसभामा सहभागी सबै दललाई पत्र पठाएका छन् ।