Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने माओवादीको निर्णय

विराटनगर । कोशी प्रदेश माओवादी संसदीय दलले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्न निर्णय गरेको छ ।

आज बसेको कोशी प्रदेश माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले मुख्यमन्त्री हिकमतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । कार्कीले विश्वासको मत माग्दै कोशी प्रदेशसभामा सहभागी सबै दललाई पत्र पठाएका छन् ।

नेकपा एमाले संसदीय दलको तर्फबाट पत्र लेख्दै उनले प्रदेश संरचनाको स्थायित्व, सुशासन र नागरिकको अपेक्षा पूरा गर्नका लागि र पटकपटक सरकार परिवर्तनको खेलले नागरिकमा निराशा उत्पन्न हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077