Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि बजेट अध्यादेश पेश गर्ने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनुअघि सरकारले बजेट अध्यादेश संसदमा टेवल गर्ने भएको छ ।

बिहीबार प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्दैछ ।

प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको  बैठकको कार्यसूचीको सुरुमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरेको पत्र बाचन हुनेछ ।

प्रदेश सरकारको अर्थसम्बन्धि प्रस्तावलाई कार्यन्वयन गर्न बनेको अध्यादेश २०८० र आर्थिक वर्ष २०८०-८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०८० पेश हुने कार्यसूची छ ।

दुईवटै अध्यादेश प्रदेश सभामा पेश भएपछि पेश भएपछि मात्रै मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिने प्रक्रिया अघि बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077