Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

उनीहरुबीच बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले चीन भ्रमणका क्रममा भएका भेटवार्ता र छलफलका बारे जानकारी गराएको बताइएको छ ।

भेटमा उनले चीन भ्रमणको प्रतिवेदन पनि बुझाएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077