Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले प्रदेश सभामा आज विश्वासको मत माग्ने भएको छ ।

बुधबार विराटनगरस्थित नेकपा एमालेको संसदीय दलको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले विपक्षी दलसंग विश्वासको मत माग्ने भएको हो ।

९३ सिट रहेको प्रदेशमा सरकारका लागि आवश्यक ४७ सिट संख्या नहुँदा सत्ताको नेतृत्व गरिरहेको एमाले अल्पमतमा रहेको छ।

सोही क्रममा बिहीबार सत्तामा रहेको दल एमालेले विपक्षी दल नेपाली काँग्रेससहित विपक्षी दलसँग विश्वासको मत माग्ने भएको एमाले कोशी प्रदेशले जनाएको छ ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनका लागि बिहीबार प्रदेश सभामा दिउँसो १ बजेका लागि आव्हान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077