Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहकारीलाई बालेनको निर्देशन - यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउनू

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३० दिनभित्र सहकारी संस्थाहरूलाई आफ्नो विवरण उपलब्ध गराउने आग्रह गरेको छ । महानगरअन्तर्गतको सहकारी विभागले आज सार्वजनिक सूचना प्रकाशन गर्दै महानगरभित्र रहेका सहकारी संस्थालाई ३० दिनभित्र आफ्नो विवरण बुझाउन भनेको हो ।

केही सहकारी संस्थाहरूले साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिए वमोजिमका विवरणहरू समयमा नै पेस नगरेको विभागको सूचनामा उल्लेख छ ।

काठमाडौं महानगरपालिकाको सहकारी विभागले एक सूचना जारी गर्दै केही सहकारी संस्थाहरुले साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदन लगायत विवरणहरु पेस नगरेको जनाएको छ। ३० दिनभित्र तोकिएका विवरहरु पेस नगरे कानुन बमोजिम कारबाही गरिने पनि महानगरपालिकाले चेतावनी दिएको छ।

काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा २८ को उपदफा २ ले संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ ले आर्थिक वर्ष समाप्त भएको बढीमा ३ महिनाभित्र प्रचलित कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट संस्थाको प्रत्येक वर्षको लेखा परीक्षण गराउनुपर्ने व्यवस्था गरेको विषय महानगरपालिकाले स्मरण गराएको छ।

“सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र काठमाडौं महानगरपालिका सहकारीले सहकारी विभागमा उक्त विवरणहरू बुझाई अद्यावधिक गर्नुहुन सम्बन्धित सबै सहकारी संस्थाहरूलाई अनुरोध गरिन्छ,” सूचनामा उल्लेख छ, “अन्यथा कानुन बमोजिम कारबाही गरिनेछ ।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077