Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • बजेट पारितबारे निर्णय गर्न गठबन्धमा आवद्ध चार दलको संसदीय बैठक बस्दै

    बजेट पारितबारे निर्णय गर्न गठबन्धमा आवद्ध चार दलको संसदीय बैठक बस्दै

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । सरकारले संसद्‌मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारितका पक्षमा मतदान गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनमा रहेका चार दल आज निर्णय गर्दै छन् ।

    बजेट संशोधन नगरीकन पारित नगर्ने अडानमा रहेका उनीहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना माग सम्बोधन गर्ने आश्वासन दिएपछि सकारात्मक भएका छन् ।



    सोही विषयमा सत्ता गठबन्धमा आवद्ध चार दलले आज निर्णय गर्न लागेका हुन् । विनियोजन विधेयक २०८० (बजेट) पास गर्नका लागि सरकारले आज प्रतिनिधिसभाको बैठकमा प्रस्ताव पेस गर्दै छ । यसका लागि बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ ।



    जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले यसबारे निर्णय गरिसकेका छैनन् । के गर्ने भन्नेबारे यी दलले संसदीय दलको बैठक बसेर आज बिहान निर्णय गर्दैछन् ।

    नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने मंगलबार नै बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट बजेट पास गर्ने सरकारको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार