Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अनुसन्धानको लागि निकालिएको पशुपतिको जलहरी आज पुनर्स्थापना गरिँदै

बाठमाडौं । गत आइतबार अनुसन्धानको लागि निकालिएको पशुपतिनाथ मन्दिरको जलहरी आज पुनर्स्थापना गरिँदै छ ।

करोडौँ हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथमा राखिएको १०७ किलोभन्दा बढी तौल भएको जलहरीको सुन र गुणस्तरमा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार नापजाँचका लागि जलहरी निकालेको थियो ।

पुनः राख्न चाहिने लाहा नभएका कारण उक्त जलहरी पुनः प्रतिष्थापन गर्न सकिएको छैन । बंगलौरबाट मंगलबार राति बल्ल लाहा आएपछि बुधबार जलहरी पुनः प्रतिष्थापन गरिन लागेको हो । ४० किलो लाहा बंगलौरबाट मंगलबार राति नेपाल आइपुगेको छ ।

जलहरी पुनर्स्थापना गर्दा पनि भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति विकास कोसले जानकारी दिएको छ । यद्यपि मन्दिर परिसर भित्रको उत्तरी रुद्र गाडेश्वर वरपर भने सुरक्षाकर्मीले धर्मावलम्बीहरूलाई जान दिएका छैनन् ।

यसअघि गत आइतबार जलहरी निकाल्ने क्रममा मन्दिर परिसरमा भक्तजनलाई रोक लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077