Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमतीको प्रदेशसभा बैठक आज बस्दै

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज पनि बस्दै छ।

हिजो साँझ ६ बजे बस्ने भनिए पनि अन्तिम समयमा स्थगित भएको बैठक आज बिहान ११ बजे बस्ने तय भएको हो ।

आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा हिजो छलफल गर्ने कार्यसूची रहेको भएपनि बजेटमा सत्ता र प्रतिपक्षी दलका सांसदलाई भेदभाव गरिएको भन्दै प्रतिपक्षी दल एमाले र राप्रपाले बैठक अवरोध गरेका थिए।

सत्तापक्ष र प्रतिपक्षबीच बैठक सञ्चालन गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भए पनि सहमति हुन नसकेपछि हिजो अन्तिम समयमा आएर सूचना टाँसेर बैठक स्थगित भएको थियो। आज पुन: सहमति कायम गरेर बैठक बस्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077