Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सातवटा नयाँ औद्योगिक ग्राम घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले देशका विभिन्न स्थानमा सातवटा नयाँ औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कालिकोटसहित विभिन्न ठाँउमा सातवटा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता रेखा शर्माका अनुसार रास्कोट नगरपालिका ६ कालिकोट, नरहरिनाथ गाउँपालिका २ कालिकोट, राप्तीसोनारी गाउँपालिका ४ बाँके, रम्भा गाउँपालिका ३ पाल्पा, शीतगंगा गाउँपालिका १३ अर्घाखाँची, जगरनाथपुर गाउँपालिका ५ पर्सा र महागढीमाई नगरपालिका–५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गरिएको छ ।

यस्तै बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यका रूपमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077