Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संगठन निर्माणका लागि ७५३ वटै स्थानीय तहमा केन्द्रीय नेता खटाउने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय पदाधिकारीलाई स्थानीय तहमा खटाउने निर्णय गरेको छ ।

आज (आइतबार) सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ७५३ वटै स्थानीय तहमा पार्टीका केन्द्रीय नेतालाई खटाउने निर्णय गरेको हो ।

राप्रपाका अनुसार पार्टी जीवनमा पहिलोपटक नयाँ अभ्यास थालिएको छ । बैठकले सातवटै प्रदेशमा प्रदेश संयोजकको व्यवस्था पनि गरेको छ ।

यसरी तोकिएका सबै प्रदेश संयोजक तथा भूगोल केन्द्रित नेताहरूको जिम्मेवारी ६ महिनाको हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077