Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपविरुद्धको मुद्दामा पीडितलाई उपचार खर्च दिन जिल्ला अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडितलाई उपचार खर्च भराउन आदेश दिएको छ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले पीडित राहत कोषबाट पीडितलाई अन्तरिम राहत स्वरुप उपचार खर्च दिन आदेश दिएको हो ।

पीडितले शारीरिक र मानसिक स्वास्थ्यको उपचार गराउँदा करिव ७० हजार रुपैयाँ खर्च भएको भन्दै बिल पेश गरेकी थिइन् ।

अस्पतालका चिकित्सकको बकपत्र समेत गरेपछि अदालतले उपचार गर्दाको खर्च उपलब्ध गराउन आदेश दिएको हो ।

यसअघि थुनछेक मुद्दामा सर्वोच्च अदालतले जाहेरीकर्तालाई पीडित राहत कोषबाट तत्काल अन्तरिम उपचार खर्च उपलब्ध गराउन आदेश दिएको थियो ।

लामिछानेविरुद्धको जबरजस्तीकरणीको मुद्दामा पीडित पक्षले अन्तरिम राहत माग गर्दै निवेदन दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077