Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झोला, टिसर्ट, मोटरसाइकल लगायतमा स्टिकर टाँसेर गरिने विज्ञापनमा महानगरले लगायो कर

काठमाडौं । काठमाडौं महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लगाउने भएको छ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐन अनुसार झोलामा गरिने विज्ञापनमा वार्षिक १ सय रुपैयाँ प्रतिगोटाका दरले विज्ञापन कर लाग्ने भएको छ ।

सवारी साधनको दायाँ बायाँ भागमा अधिकतम २० वर्ग फुटसम्मको अस्थायी प्रकृतिको बोर्ड राखी गरिने विज्ञापनका लागि प्रतिदिन १०० रुपैयाँ विज्ञापन कर तोकिएको छ।

त्यस्तै, कुनै व्यक्ति, संस्था, कम्पनी वा फर्मले आफ्नो सेवा वा वस्तुको बिक्री वितरण वा प्रबर्द्धन गर्न बेलुन, ज्याकेट, झोला, साइकल, मोटरसाइकलमा प्रयोग गरी गरिने विज्ञापन वा डमी एवं सेग्वे तथा ‘ह्युमन बिलबोर्ड’द्वारा गरिने प्रचारमा प्रतिगोटा प्रतिदिन रू पाँच सय कर तोकिएको छ।

परिचय पाटीबाहेकका विज्ञापन सामग्री राख्न महानगरपालिकाले तोकेको स्थानमा मात्र स्वीकृति दिइने भएको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077