Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कोशीका मुख्यमन्त्री कार्की विश्वासको मत लिने तयारीमा

विराटनगर । अल्पमतमा रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी थालेका छन् ।

गत जेठ १७ गते प्रदेश सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि संबैधानिक रुपमा संकटमा परेका मुख्यमन्त्री कार्कीले आइतबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार यही असार १४ गतेलाई विशेष अधिवेशन बोलाउने तयारी गरेका छन् ।

संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था रहेको छ ।

उक्त प्रस्ताव प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले पारित हुन नसकेमा मुख्यमन्त्री आफ्नो पदबाट मुक्त हुनेछन् ।

सरकारमा सहभागी भएका माओवादी केन्द्रले पनि लिएर सरकारबाट बाहिरिएको थियो । ९३ सदस्यीय कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्की एमालेको ४० र राप्रपाका ६ सांसदसहित ४६ सांसदको समर्थनमा सरकारमा रहेका छन् । उनलाई विश्वासको मतका लागि एक मात्र मतका आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077