काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । तीन वटै समितिका बैठक सिंहदरबारमा बस्न लागेका हुन् ।
विधायन व्यवस्थापन समितिको बैठक ३ बजे बस्दैछ भने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक मध्यान्ह १२ बजे सिंहदरबारमा बस्दैछ।
त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक सिंहदरबारमा दिउँसो १ बजे बस्नेछ।
बैठकमा समितिगत विषयहरुमा छलफल हुने बताइएको छ ।