Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पशुपतिनाथबाट निकालियो जलहरी, मन्दिर परिसरमै जोख्ने तयारी

काठमाडौं । पशुपतिनाथ मन्दिरको जलहरी निकालिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जोख्नका लागि जलहरी निकालेको हो ।

मन्दिरबाट निकालिएको जलहरीलाई सेतो कपडाले छोपेर मन्दिर परिसरमा लगेर जोख्ने काम भइरहेको छ । करिब एक क्विन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्राटुक्रा पारेर मात्रै निकाल्न सकिन्छ ।

पशुपतिनाथको जलहरीको सुन निकाल्नुअघि क्षमा पूजा गरिएको थियो। शनिबार पशुपतिनाथ परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा किनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077