Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरले निजी व्यवसायीको सहकार्यमा स्थानीय पेय पदार्थ ब्रान्डिङ गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थानीय समुदायमा प्रचलनमा रहेको पेय पदार्थको ब्राण्डिङ गर्ने भएको छ।

आइतबार आयोजित महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्थानीय पेय पदार्थलाई निजी व्यवसायीको सहकार्यमा ब्राण्डिङ गरिने बताएकी हुन्।

यसका लागि महानगरले आवश्यक रकम विनियोजन गरेको जानकारी गराईन् । त्यस्तै, बजेटमा उत्पादन र उपभोगलाई जोड्न अनलाइन ई–कमर्श पोर्टलमार्फत मेट्रो मार्ट सञ्चालनका लागि रु एक करोड बजेट छुट्याइएको छ ।

महानगरपालिका क्षेत्रमा भित्रिने तरकारी एवं फलफूलको विषादी परीक्षणका लागि विषादी परीक्षण प्रयोगशाला स्थापनाका लागि रु एक करोड ५० लाख बजेट बिनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077