Online Nepal
  • बुधबार, १० पुष २०८१
  • राष्ट्रियसभाको बैठक आज बस्दै, प्रतिवेदन पेस गर्दै प्रधानमन्त्री प्रचण्ड

    राष्ट्रियसभाको बैठक आज बस्दै, प्रतिवेदन पेस गर्दै प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 684
    SHARES

    काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । १४औँ अधिवेशनको १६औँ बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेर १ मिनेटमा बस्न लागेको हो ।

    बैठकका लागि विभिन्न सम्भावित कार्यसूची तय गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८/०७९, महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन, २०७९, राष्ट्रिय महिला आयोगको १५औँ वार्षिक प्रतिवेदन, २०७८/०७९ र राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७८/०७९ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।



    यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्नेछन् ।



    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका पूर्वसदस्य महेश चौधरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार