Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१९७ वटा उत्कृष्ट सामुदायिक विद्यालय छनोट

काठमाडौं । शिक्षा मन्त्रालयले मुलुकभरका सामुदायिक विद्यालयमध्येबाट १९७ वटा उत्कृष्ट विद्यालय छनोट गरेको छ।

मुलुकभरिका करिब २८ हजार सामुदायिक विद्यालयमध्येबाट शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारका क्षेत्रमा उत्कृष्ट काम गरेका ती विद्यालय छनोट गरिएको हो।

छनोटमा परेका विद्यालयलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत पाँच लाख रुपियाँका दरले आर्थिक सहायता उपलब्ध गराउने छ। हरेक जिल्लाको एक निर्वाचन क्षेत्रबाट एउटाका दरले १६५ वटा विद्यालय छनोट गरिएको मन्त्रालयले जनाएको छ।

त्यसबाहेक हरेक महानगरपालिका र उपमहानगरपालिकाभित्रबाट थप दुई वटाका दरले यस्ता विद्यालय छनोट गरिएको छ। मुलुकभर पाँच महानगरपालिका र ११ वटा उपमहानगरपालिका छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले उत्कृष्ट घोषित प्रत्येक विद्यालयलाई पाँच लाख रुपियाँका दरले आर्थिक सहायता उपलब्ध गराइने बताए । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077