Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अपिल

काठमाडौं । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । जसकारण मनसुन प्रणाली नेपालभर फैलिएर शनिबार देशभर सामान्य बदली रहनेछ ।

देशभर केही स्थानहरूमा मेघ-गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालभर मनसुन फैलिन आगमनको दिन देखि यस वर्ष नौ दिनको समय लागेको छ । मनसुनको समयमा बाढी, पहिरो, डुबान, भू-क्षय, बाटो हिलाम्य हुने, तथा गेग्रान बहावजस्ता प्रभावहरूले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ।

त्यसैले, खराब मौसमका कारणले हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध महाशाखाको अनुरोध छ । सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रहरु प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077