Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन भदौँ २२ र २३ गते हुने

धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशको अधिवेशन अगामी भदौँ २२ र २३ गते गर्ने निर्णय गरेको छ ।

शुक्रबार धनगढीमा बसेको एमाले प्रदेश कमिटिको बैठकले भदौँ २२ र २३ गते गर्ने निर्णय गरेको हो ।

प्रदेश सचिव धर्मराज पाठकका अनुसार बैठकले २०८० लाई अधिवेशन वर्षका रुपमा मनाउने निर्णय समेत गरेको छ ।

मंसिर मसान्तभित्र जिल्ला अधिवेशन, माघ मसान्तसम्म पालिका अधिवेशन र चैत मसान्तसम्म वडा अधिवेशन सम्पन्न गर्न मातहतका कमिटिलाई निर्देशन दिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077