Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ

धनकुटा । धनकुटामा आफ्नै सासुलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक महिला पक्राउ परेका हुन् । जिल्लाको साँगुरीगढी ४ फाक्सिबबाट ३२ वर्षीया विष्णुमाया लिम्बु पक्राउ परेकी हुन् ।

लिम्बुले गत आइतबार ६३ वर्षीया सासू सुकमाया लिम्बुलाई कुटपिट गर्दा उनको तीन दिनपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घरायसी विषयमा विवाद हुँदा विष्णुमायाले सुकमायालाई कुटपिट गर्दा ज्यान गएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत बुधबार मृतकका भाई गजेन्द्रले विष्णुमायाविरुद्ध प्रहरीमा किटान जाहेरी दिएका थिए । प्रत्यक्षदर्शी र शव जाँचको आधारमा कुटपिटमा संलग्न विष्णुमायालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077