Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंका फिल्म हलबाट नगर प्रहरी फिर्ता, हिन्दी चलचित्र आजबाट प्रदर्शन

काठमाडौं । उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशसँगै काठमाडौं महानगरपालिकाले फिल्म हलहरुबाट नगर प्रहरी फिर्ता गरेको छ । बिहीबारहलहरुमा १०/१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको महानगरले आज बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको हो ।

मेयर बालेन शाहले हिन्दी फिल्म आदिपुरुषमा सीताको बारेमा विवादास्पद संवाद राखेको भन्दै सबै हिन्दी फिल्म चलाउन रोक लगाएका थिए । तर उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

यस्तै उच्च अदालत पाटनको फैसलासँगै सिनेमा हलहरूले आजबाट हिन्दी सिनेमा प्रदर्शन गर्ने भएका छन् । हिजो बसेको चलचित्र संघको बैठकले आजबाट हिन्दी सिनेमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भने अदालतको फैसला नमान्ने भन्दै कुनै पनि हालतमा ‘आदिपुरुष’ र हिन्दी सिनेमा प्रदर्शन गर्न नदिने बताएका थिए ।

‘आदिपुरुष’मा जानकी भारतकी छोरी हुन् भन्ने आसयको संवाद नहटाएसम्म उक्त सिनेमासहित कुनै पनि हिन्दी सिनेमा प्रदर्शन हुन नदिने बालेनले बताउँदै आएका छन् । सोही कारण ‘आदिपुरुष’ प्रदर्शन रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077