Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यथास्थितिमा बजेट पास गर्न नदिने नेकपा एसको निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले यथास्थितिमा बजेट पारित गर्न नदिने निर्णय गरेको छ ।

पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता राजेन्द्रप्रसाद पाण्डेका अनुसार आज (बिहीबार) बसेको पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पनि सो विषयमा जानकारी गराउने भएको छ । आगामी आर्थिक वर्षको बजेट गोरखा, डडेलधुरा र नुवाकोटमा केन्द्रित भएको भन्दै विरोध जनाउदै आएका छन् ।

त्यस्तै, नेकपा एसले सम्हालेको मन्त्रालयमाथि विभेद गरिएको भन्दै पार्टीका नेता र सांसदले तीव्र असन्तुष्टि पोख्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077