Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाट ५ किलो चरेससहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

एयर इन्डियाको विमानबाट कोलकत्ता हुँदै दुबई जान लागेका झापा भद्रपुरका २५ वर्षीय सुमन लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो।

लिम्बुलाई चेकजाँचका क्रममा प्रहरीले बिहीबार अपरान्ह पक्राउ गरेको थियो ।

उनी १०८९३५४१ नम्बरको राहदानीबाट दुबई जान लागेका थिए। लिम्बुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077