Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमतीका भौतिक पूर्वाधारमन्त्री दुलालले राखे कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा

काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जनयुद्धकालीन सुरक्षा कमाण्डर रहेका मन्त्री दुलालले बिहीबार आफ्नो कार्यकक्षमा उक्त नक्सा राखेका हुन् ।

काठमाडौंका मेयर बालेन्द्र शाह बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेपछि यसलाई अनुशरण गर्ने जनप्रतिनिधिहरू बढ्दै गईरहेका छन् ।

भारतले नवनिर्मित संसद भवनमा नेपालको पश्चिमी क्षेत्रको भूभाग समेटेर ‘अखण्ड भारत’को नाम दिएर नक्सा राख्दा नेपालका कपिलबस्तु र लुम्बिनी समेटिएको विरोधमा नेपालमा पनि सुगौली सन्धी अगाडिको भूमि समेटिएको नक्सा राख्नुपर्ने आवाज उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077