Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाको चियापानमा प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु सहभागी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम स्थापना दिवसका अवसरमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका छन् ।

रास्वपाको कार्यालय वनस्थलीमा आयोजित चियापान समारोहमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित विभिन्न पार्टीका शीर्ष नेता र मन्त्रीहरू सहभागी भएका हुन् ।

सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एमाले उपाध्यक्ष विष्णु पौडेल, कांग्रेस प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरु पनि पुगेका छन् ।

चियापानमा दही, चिउरा, मकैभटमास, तरकारी, योमरी लगायतका परिकार राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077