Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

‘हिन्दकुश हिमनदीको ८० प्रतिशत हिउँ लोप हुने खतरा’

काठमाडौं । विश्वको तापमान बढ्ने वर्तमान दर कायम रहिरहे यो शताब्दीको अन्त्यसम्ममा हिन्दकुश क्षेत्रका हिमनदीमा ८० प्रतिशत हिउँ घट्ने एक अध्ययनले देखाएको छ।

नेपालसहित आठ राष्ट्र सदस्य रहेको अन्तर–सरकारी निकाय इसिमोडले गरेको एक समीक्षात्मक अध्ययनका अनुसार विश्वको सरदर तापमानमा भएको बढोत्तरीका कारण पछिल्ला वर्षमा हिमनदी, हिउँ र हिउँ जमेको जमिनमा ‘अभूतपूर्व र धेरै हदसम्म अपरिवर्तनीय’ हिसाबले परिवर्तन आएको देखिएको छ।

हिमनदीको क्षयीकरणको दर हिमालय क्षेत्रका विभिन्न भूभागमा फरकफरक रहने अध्ययनको प्रक्षेपण छ। शताब्दीको अन्त्यसम्ममा ३ डिग्री सेन्टिग्रेडले पृथ्वीको तापक्रम बढ्दा नेपाल र भुटान पर्ने पूर्वी हिन्दकुश हिमालय क्षेत्रले ७५ प्रतिशत हिउँ गुमाउने र पृथ्वीको तापमान ४ डिग्रीले बढ्दा यो ८० प्रतिशत पुग्ने आकलन वैज्ञानिकले गरेका छन्।

युरोपको आल्पस र उत्तर अमेरिकाको रकी पर्वतीय शृंखलामा हिमनदीको अवस्थाबारे यथेष्ट अध्ययन भए पनि जलवायु परिवर्तनले हिन्दकुश हिमालय क्षेत्रलाई पारेको प्रभावबारे पर्याप्त अध्ययन भएका छैनन् । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077