Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

छात्रवृतिको विवरण पेश नगर्ने काठमाडौं महानगरका ३९ विद्यालयलाई १ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश नगर्ने निजी विद्यालयहरूलाई कारबाही गरेको छ । हालसम्म छात्रवृत्तिको विवरण पेश गर्ने महानगरभित्रका ३९ वटा निजी विद्यालयहरूलाई १ लाख रुपैयाँका दरले जरिवाना गरेको हो ।

महानगरभित्र रहेका ५०४ निजी विद्यालयहरूमध्ये ४६५ विद्यालयले मात्र छात्रवृत्ति प्रदान गरेको विवरण महानगरमा पेश गरेका छन् । ती मध्ये ३९ वटा हालसम्म पनि विवरण पेश नगरेको मेयर बालेन शाहले जानकारी दिए । उनले महानगरको इतिहासमा यो पहिलो पटक भएको पनि बताएका छन् ।

विवरणअनुसार लक्षित वर्गका १३ हजार भन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका छन् । प्राप्त विवरणमाथि निरीक्षण गरी सो सूची प्रकाशित गरिने शाहले बताए । उनले हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइने बताए ।

त्यसपश्चात् पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ ।

विद्यमान कानुनी प्रवन्ध कार्यान्वयन गर्दा यी १३ हजार विद्यार्थी भाइबहिनीले छात्रवृत्ति पाएको मेयर शाहको भनाई छ । 'कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ,' उनले भने, 'त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौं ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077