Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाविरुद्धको खेलमा पनि सन्दीप विकेटविहीन

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत जारी खेलमा सन्दीप लामिछाने विकेटविहीन भएका छन्।

जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा अमेरिकाविरुद्ध भइरहेको खेलमा पनि सन्दीप विकेटविहीन बनेका हुन् ।

सन्दीपले १० ओभरमा ५८ रन दिए भने विकेट लिन सकेनन्। विपक्षी ब्याट्सम्यानले सन्दीपविरुद्ध एक छक्का र ६ चौका प्रहार गरेका थिए।

सन्दीपले २८ बलमा रन दिएनन्। यसअघि पहिलो खेलमा जिम्बाबेविरुद्ध पनि सन्दीपले विकेट हात पार्न सकेका थिएनन्। जिम्बाबेले २ सय ९१ रनको लक्ष्य ३५ बल बाँकी छँदै २ विकेट गुमाएर पूरा गरेको खेलमा सन्दीपले ७७ रन खर्चिएका थिए।

त्यस खेलमा सन्दीपविरुद्ध घरेलु ब्याट्सम्यानले एक छक्का र ९ चौका प्रहार गरेका थिए। सन्दीपले त्यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका पछिल्ला लगातार ३३ खेलमा विकेट लिएर विश्व कीर्तिमान बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077