Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बाढीपहिरो : मृतकका परिवारलाई १ लाख र घाइतेलाई ५० हजार दिने कोशी सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु हुनेप्रति मृतकका परिवारलाई एक लाख र घाइतेलाई उपचारका ५० हजार राहतस्वरूप दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले उक्त निर्णय गरेको हो । प्राकृतिक विपत्तीमा परेकाको उद्दारमा कुनै कमी हुन नदिन मुख्यमन्त्री कार्कीले सुरक्षालगायतका निकायलाई निर्देशनसमेत दिएका छन्।

त्यस्तै राहत वितरणलाई प्रभावकारी बनाउन पनि उनको निर्देशन छ। अविरल वर्षापछि कोसीका विभिन्न जिल्लामा शनिबार राति गएको बाढी र पहिरोले जनधनको ठूलो क्षति गरेको छ ।

त्यसैगरी, बैठकले कोसी प्रदेश पुनःनामकरण संघर्ष समितिसँग भएको वार्ता समितिको प्रशासनिक तथा व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077