Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड भन्छन् - समाजवादी मोर्चा निर्माण प्रतिगामीका लागि युद्धको घोषणा हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले समाजवादी मोर्चा राजनीतिक परिवर्तनका विरुद्ध लाग्नेहरुका निम्ति युद्धको घोषणा भएको बताएका छन् ।

सोमबार समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत प्रचण्डले यस्तो बताएका हुन् । उनले मोर्चा घोषणा राजनीतिक परिवर्तनकाविरुद्ध लाग्नेहरुका लागि युद्धको घोषणा भएको बताए ।

उनले परिवर्तनलाई होच्याउने, अपमानित गर्ने अराजक र प्रतिगामी प्रवृत्तिका मान्छेहरुले टाउको उठाउन खोजेका भन्दै समाजवादी मोर्चा तिनीहरु विरुद्धको युद्ध भएको बताए ।

मोर्चा जनताको पक्षमा, प्रगतिशिल र वामपन्थीहरुको पक्षमा भएको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077