Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक सोमबार बिहान ७ बजे घडी घरमा बस्ने गरी बोलाइएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार बैठकमा आगामी  असार ७ गते मनाउन लागेको पार्टी स्थापना दिवसका अतिरिक्त राजनीतिक कार्यदिशा, कार्यक्रममाथि छलफल हुनेछ।

साथै पार्टी स्थापना दिवसकै दिन महामन्त्री ढकाल नेतृत्वको नीति तथा विचार विभागले तयार पारेको दस्तावेज सार्वजनिक गर्ने तयारी गरिए पनि पुनर्लेखन गर्नुपर्ने आवाज उठेपछि थप छलफल गर्ने भएको छ।

६८ पृष्ठको दस्तावेजमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेशको वर्तमान संरचना खारेज, गैरदलीय राष्ट्रिय सभा परिकल्पना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077