Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • डडेल्धुराको हगुल्टेमा भेटिएको विस्फोटक पदार्थ सेनाद्वारा डिष्पोज

    डडेल्धुराको हगुल्टेमा भेटिएको विस्फोटक पदार्थ सेनाद्वारा डिष्पोज

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 774
    SHARES

    डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–१ रतनटुडास्थित महाभारत सामुदायिक वनमा विस्फोटक पदार्थ भेटिएको छ ।

    आइतबार सशस्त्र द्वन्द्वका बेला तत्कालीन माओवादी र सुरक्षाफौजबीच पटक पटक भिडन्त भएको वन क्षेत्रमा खतरनाक विस्फोट पदार्थ भेटिएको हो ।



    बाख्रा चराउन वनमा गएका स्थानीय ४५ वर्षीय भक्तबहादुर बोहराले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।



    उक्त एट्टीवान (८१) मोर्टारको एक थान सेल सदरमुकाम नजिकै रहेको दह ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले विस्फोटक पदार्थ डिष्पोज गरेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

    सशस्त्र द्वन्द्वकालमा माओवादी वा सेनाले प्रयोग गरेको हतियार हुन सक्ने प्रहरीको आशंका छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार