Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेश सभामा ५ संसदीय समितिको सभापति चयन

जनकपुरधाम । मधेश प्रदेश सभामा विभिन्न सातमध्ये पाँचवटा संसदीय समितिको सभापति चयन भएका छन्। गत फागुन ३ गते गठन भएको सातवटा समितिमध्ये पाँचवटा समितिले पूर्णता पाएको छ।

सभामुख रामचन्द्र मण्डलले समितिको सभापति चयनका लागि उम्मेदवारी दर्ता गर्न शनिबारको समय दिएकोमा ५ वटा समितिमा एकल उम्मेदवारी परेपछि निर्विरोध भएका पाँचै जनाले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेकी मञ्जु थापा चयन भएकी छन् । त्यस्तै विकास समिति सभापतिमा जसपाका शारदा शंकरप्रसाद कलवार, महिला बालबालिका तथा सामजिक न्याय समितिमा लोसपाकी रुपा कुमारी यादवले ले सपथ लिएका छन् ।

साथै अर्थ तथा योजना समितिमा सतिशकुमार सिंह र प्राकृतिक स्रोत तथा वातावरण समितिमा माओवादी केन्द्रकी शारदा पहाडी सभापतिमा चयन भएकी छिन् ।

कृषि तथा भूमि व्यवस्थापन समिति र प्रदेश मामिला समितिको सभापतिको भने टुङ्गो लागेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077