Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ताप्लेजुङको मेहेलेमा पहिरो : एकै घरका तीनसहित चारजना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पहिरोमा परि एकै घरका तीनसहित चारजना बेपत्ता भएका छन् । जिल्लाको सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा पहिरो जाँदा चारजना बेपत्ता भएका हुन् ।

घर माथिबाट आएको पहिरोमा परि यामकुमार बुढाथोकीकी श्रीमती भगीमाया बुढाथोकी, बुहारी सन्ध्या बुढाथोकी र नाति प्रज्ज्वल बुढाथोकी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

त्यही पहिरोमा परि हर्कबहादुर तामाङका छोरा गणेश तामाङ पनि बेपत्ता भएको बताइएको छ ।

यस्तै, मैवाखोलामा आएको बाढीका कारण ताप्लेजुङको दोभानमा ५ वटा घर पहिरोको जोखिममा परेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077