Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालगन्जका कार्यवाहक वडाध्यक्ष र कार्यालय सहयोगी घुससहित अख्तियारको फन्दामा

काठमाडौं । बाँकेमा कार्यवाहक वडा अध्यक्ष र कार्यालय सहयोगी घुससहित पक्राउ परेका छन् ।

जिल्लाको नेपालगन्ज उपमहानगरपालिका-१३ कार्यवाहक वडा अध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासी सेवाग्राहीबाट लिएको ९ हजार रूपैयाँ घुससहित पक्राउ परेका हुन् ।

उनीहरुलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नेपालगन्जबाट खटिएको पक्राउ गरेको हो ।

उनीहरूले कृषि अनुदानका लागि सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस मागेका थिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077