Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत सोङबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।

राजदूत सोङ बिहीबार साँझ ५ बजे प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।

स्रोतका अनुसार उनीहरूबीच झण्डै एक घण्टा छलफल भएको छ । राजदूत सोङले प्रधानमन्त्रीको चीन भ्रमण र आगामी साता पोखरामा हुने 'ड्रायगन बोट फेस्टिबल'को बारेमा छलफल गरेको बताइएको छ ।

राजदूत सोङले फेस्टिबलमा सहभागी हुन प्रधानमन्त्री दाहाललाई निम्तो दिएका छन् । आगामी बुधबार पोखरामा पहिलो पटक चीनबाट चार्टर फ्लाइट अवतरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077