Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जुत्तामा लुकाएर राखेको ५४ लाख रुपैयाँको सुनसहित किशन प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुरको हेटौँडाबाट ५४ लाख रुपैयाँ बराबरको सुनसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेका छन् ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेबाट साहलाई ५६१ दशमलव ३० ग्राम सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बसमा सवार उनले जुत्तामा उक्त सुन लुकाएर राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

बरामद भएको सुनसहित साहलाई आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077