Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले हुँदै नभएको वडा तोकेर बजेट विनियोजन गरेपछि...

चितवन । चितवनमा हुँदै नभएको वडा तोकेर बजेट विनियोजन भएको छ । संघीय सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा चितवनको माडी नगरपालिका वडा नं १० लाई बजेट विनियोजन गरेको छ।

२०७१ मङ्सिर १६ गते माडी उपत्यकाका चार गाउँ विकास समितिलाई समाहित गरेर एउटा नगरपालिका बनाइएको थियो । गर्दी, बघौडा, कल्याणपुर र अध्योध्यापुरी गाउँविकास समितिलाई समाहित गरेर सो नगरपालिका बनाइएको थियो।

सुरुवाती समयमा ११ वडा सिफारिस गरिएको भए पनि पछि सरकारले नौ वडा कायम गरेको थियो। माडी नगरपालिका वडा नम्बर १० तोकेर अर्थ मन्त्रालयले सर्शत अनुदानको बजेट पठाएको माडी नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै पहिलो कार्यपालिका बैठकले माडीको बाँदरझुलालाई वडा नं १० बनाउन सङ्घीय सरकारलाई सिफारिस गरेको छ। सङ्घीय सरकारले भने त्यससम्बन्धमा कुनै निर्णय गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077